माओवादीलाई छाडेर सरकार गठन गर्न एमालेको सहयोग माग्दै निधि पुगे बालकोट

गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रलाई छाड्ने र एमालेसँग मिलेर सरकार बनाउँने योजनासहित नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधी बालकोट पु्गेका छन ।
माओवादी बाहेकको सरकार गठनका लागि सहयोग माग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन निधी ओलिनिवास बालकोट पुगेका हुन ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको दुतका रुपमा ओलीनिवास बालकोट पुगेका निधीले गठबन्धनभित्र खिचातानी शुरु भएको भन्दै नयाँ सरकार गठनमा काँग्रेस एमालेसँग मिलेर जान चाहेको कुरा सुनाएका थिए । बालकोट स्रोतका अनुसार निधिले सम्भावित समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको भन्दै छलफलको बातावरण बनाउन आग्रह गरेका थिए ।

पछिल्लो समय गठबन्धन टुटाउने एकलब्य मिसनमा रहेको नेकपा एमालेका अध्यक्ष ओलीले समेत शुक्रबारसम्म विभिन्न नेतामार्फत प्रचण्डलाई सहकार्यको आग्रहसहितको सन्देश पठाएका थिए । तर, शनिबार एकाएक प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको अभिव्यक्ति सार्वजनिक गर्नु र नेपाली काँग्रेसले सहकार्यका लागि पहल थाल्न एमालेलाई आग्रह गर्नुलाई महत्वका साथ हेरिएको छ ।

शनिबार अपरान्ह बालुवटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा छलफल भएको थियो।

गठबन्धन बैठक अगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउलाई भेट्न पठाएका थिए। पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोडिने अवस्था आउन सक्नेसम्मको संकेत गरेका छन ।