किएभको मेट्रो स्टेशनमा आक्रमण, युद्ध मेको शुरुमा समाप्त हुने

युक्रेनमा रुसले गरेको आक्रमणको आज २० औं दिन हो । दुई देशबीचको द्वन्द्वको अवस्था अहिले यस्तो छ-

-युक्रेनको राजधानी किभमा बिहानैदेखि रुसी बमबारी जारी छ। यस बम विष्फोटमा एक आवासीय भवन पनि आक्रमणमा परेको छ। युक्रेनको आपतकालीन सेवाले भवनमा लागेको आगो अहिले नियन्त्रणमा आएको जनाएको छ ।

-कीभको मेट्रो स्टेशन पनि आक्रमणमा परेको छ। कीभको मेट्रो नेटवर्कले ट्वीट गर्‍यो कि बिहानको विष्फोटले लुक्यानिभस्का स्टेशन र कार्यालयका केही भागहरूमा ठूलो क्षति पुर्‍याएको छ। लुक्यानिभस्का स्टेशन कीभको केन्द्रको नजिक छ र स्टेशन अब क्षतिको कारण बन्द गरिएको छ।

-युक्रेनको क्षेत्रीय राज्य प्रशासनले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि राति ९ बजेसम्म सुमीको उत्तर-पूर्वमा मानवीय करिडोर निर्माण गर्ने योजना रहेको बताएको छ।

-युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रुस र युक्रेनबीचको वार्ता आज पनि जारी रहनेछ ।

-युक्रेनी सरकारका एक सल्लाहकारले पहिले भनेका थिए कि ‘युद्ध मेको शुरुमा समाप्त’ हुन्छ।

सम्बन्धित समाचार