काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीका नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्तारुढ गठबन्धनबीच सरकार गठनमा सहमति हुने सम्भावना सकिएपछि प्रचण्ड बालकोट पुगेका हुन् ।
बालकोटमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगेका छन् । सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा आफ्ना अडान नछाडेपछि बैठक निष्कर्षबिना नै टुंगिएको थियो ।
ओली निवासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि छलफलका लागि पुगेका छन् ।













