काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसका कारण गठबन्धन टुटेको बताएका छन् । बालुवाटार बैठकपछि पत्रकारसँग कुरा गर्दै खनालले माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको विकल्प तोड्दा गठबन्धन अघि बढ्न नसकेको बताएका हुन् ।
उनले अब संविधानको धारा ७८ (३) अनुसार सरकार निमार्ण हुने दाबी समेत गरेका छन् । उनले भने, ‘बालुवाटार बैठकबाट सहमति बनेन् । धारा २ सकियो । अझै २, ३ घण्टा बाँकी छ । यो बीचमा केही आएन भने धारा ३ मा जान्छ । शेरबहादुर र प्रचण्डकोबीचमा अस्ति कुरा भएको रहेछ । प्रचण्डको आग्रहअनुसार शेरबहादुरले पहिलो प्रधानमन्त्री बन्न सहमति दिनुभएको थियो । पछि शेरबहादुरले दिएको आफ्नै बचनअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुभएन ।’














