काठमाडौं । धेरै मानिसहरुको विहान उठ्ने वित्तिकै चिया पिउने बानी हुन्छ । चिया मानिसहरुको प्रिय पेय हो। त्यसै पनि गफगाफको थलो चिया पसलमा जाडो याममा भीड नै लाग्ने गर्छ ।
पछिल्लो समय चियाको चुस्की लिँदै गरेको बाँदरको फोटोले सबैको ध्यान खिचेको छ । चुलोको छेउमा एउटा बाँदरले गिलासबाट चिया पिउँदै गरेको देखिन्छ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै गरेको बाँदरको यो फोटो राससका लागि धनवीर महतोले गत माघमा खिचेका हुन् ।