काठमाडौं । रुसी आक्रमण चर्किएसँगै युरोपका तीन नेता रेल चढेर युक्रेन पुगेका छन्।राजधानी किभमा कर्फ्यु लागिरहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले पोल्याण्डदेखि युक्रेनसम्मको लामो रेल यात्रा गरेका हुन्।
उनीहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरी आफूहरु युक्रेनको साथमा रहेको आश्वासन दिएका छन्।पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरे।