युक्रेनमा मारिएका पत्रकारको परिवारलाई जेलेन्स्कीले यस्तो चिठी लेखे

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका क्रममा मारिएका पत्रकारका परिवारलाई चिठी लेखेका छन् । उने मृतका परिवार प्रति समवेदना समेत व्यक्ति गरेका छन् ।

उनले रेनोडको मृत्युप्रति उनको परिवारका साथै युक्रेनीहरु पनि शोकमा डुबेको उल्लेख गरेका छन् ।रेनोडलाई ‘प्रतिभाशाली एवम् वीर पत्रकार’ भन्दै उनले दशौं लाख युक्रेनीहरुको मानवीय दुःख र पीडा उजागर गरेको पनि जेलेन्सकीले जनाएका छन् ।

आक्रामक मुलुकबाट युक्रेनीविरुद्ध भइरहेको ज्यादती र कठोरताका बारेमा विश्वलाई जानकारी दिन उनले अत्यन्त खतरनाक युद्धग्रस्त क्षेत्रको साहस र दृढतापूर्वक भ्रमण गरेको बताउँदै जेलेन्स्कीले उनको मृत्युप्रति पूरा युक्रेन नै शोकमग्न भएको बताए ।

सम्बन्धित समाचार