नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।
शनिबार काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम सर्वसम्मत पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले बताए । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललगायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।
सहयात्रीले असहमतिकाबीच उनको नाम पारित भएपछि असहमति जनाएका छन् ।