बाँकेमा ट्रकको ठक्करबाट १८ वर्षीय थापाको मृत्यु

बाँकेको नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।