किन खोल्ने एनआईसी एशिया बैंकमा खाता ?

सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने गरेको छ । नाफा भन्दा सेवालाई पहिलो प्राथमिकतामा राखेर शाखा सञ्जाल विस्तार गरिरहेको एन आई सी एशिया बैंक शाखा सञ्जालमा मुलुकमा उत्कृष्ठ बैंकको रुपमा स्थापित छ ।

सर्वसाधारणको आवश्यकतालाई मनन गरी विशेष र अतुलनीय नयाँ–नयाँ प्रोडक्टहरू ल्याउने एनआइसी एशिया बैंक शाखा सञ्जालमा समेत अब्बल देखिएको हो । एनआईसी एशिया बैंकको उपस्थिति सहरदेखि गाउँसम्म निकै बलियो छ । प्रमुख सहर मात्रै होइन विभिन्न जिल्लाहरूका गाउँमा समेत बैंकले शाखा खोलेर सर्वसाधारणहरूलाई सेवा दिइरहेको छ ।बैंकको उपस्थितिले गाउँमा बैंक नहुँदा निकै लामो समय हिडेर टाढा सहरसम्म पुग्नुपर्ने बाध्यता समेत एनआईसी एशिया बैंकले कम गरेको छ ।

देशभर रहेका कुल ४ हजार ८ सय ४३ शाखा कार्यालयहरू मध्येमा एन आई सी एशिया बैंकको सबैभन्दा ठूलो हिस्सा रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको हो ।  बैंकले शाखा कार्यालयहरूमा प्रिभिलेज बैंकिङ सेवा पनि उपलब्ध रहेको छ । बैंकले होम बैंकिङ वा अफिस बैंकिङको फाइदासमेत उपलब्ध गराएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

एनआईसी एसिया बैंकका सबै सेवाहरू बैंकको मोबाइल एप (मोबैंक) र बैकको वेवासाइटको आइसर्भबाट लिन सकिन्छ ।

किन खोल्ने एनआईसी एशिया बैंकमा खाता ?

सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने गरेको छ । नाफा भन्दा सेवालाई पहिलो प्राथमिकतामा राखेर शाखा सञ्जाल विस्तार गरिरहेको एनआईसी एशिया बैंक शाखा सञ्जालमा मुलुकमा उत्कृष्ठ बैंकको रुपमा स्थापित छ ।

सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आईसी एशिया बैंकको सबैभन्दा उत्कृष्ठ पक्ष शाखा सञ्जाल हो । बैंकको उपस्थिति सहरदेखि गाउँसम्म निकै बलियो छ । प्रमुख सहर मात्रै होइन विभिन्न जिल्लाहरूका गाउँमा समेत बैंकले शाखा खोलेर सर्वसाधारणहरूलाई सेवा दिइरहेको छ ।बैंकको उपस्थितिले गाउँमा बैंक नहुँदा निकै लामो समय हिडेर टाढा सहरसम्म पुग्नुपर्ने बाध्यता समेत एनआईसी एशिया बैंकले कम गरेको छ ।
देशभर रहेका कुल ४ हजार ८ सय ४३ शाखा कार्यालयहरू मध्येमा एन आई सी एशिया बैंकको सबैभन्दा ठूलो हिस्सा रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको हो ।  बैंकले शाखा कार्यालयहरूमा प्रिभिलेज बैंकिङ सेवा पनि उपलब्ध रहेको छ । बैंकले होम बैंकिङ वा अफिस बैंकिङको फाइदासमेत उपलब्ध गराएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । कुल बैंकिङ हिस्साको ८० प्रतिशतभन्दामाथि एन आई सी एशिया बैंकले ओगटेको छ । केन्द्रीय तथ्यांक विभागले कुन ठाउँमा कुन नागरिकले कुन बैंकमा खाता खोलेको छ भन्ने तथ्यको संकलन गरेको छ । विभागको सो तथ्यांक हेर्ने हो भने पनि १८ वर्षभन्दा माथिका नागरिकमध्ये ठुलो संख्या बैंकिङ पहुँचमा छ ।

जहाँ खोज्यो त्यहीँ एटिएम

एटीएम सबैभन्दा बढी भएको बैंक पनि एन आई सी एशिया बैंक नै भएको छ । एनआईसी एशिया बैंकका एटीएमको संख्या ४७३ पुगेको छ । जहाँबाट ग्राहकले सुविधा लिइरहेका छन् । त्यसैले एनआईसी एशिया बैंकका ग्राहकले टोलैपिच्छे एटीएम हुँदा थप सहज भएको महसुस गर्दै आएका छन् । एन आई सी एशिया बैंकको शाखा संजाल र एटिएम बुथहरुको संख्या हेर्ने हो भने शहरहरुमा त ग्राहकले आफ्नै टोलमा एनआईसी एशिया बैंक पाउने गरेका छन् । घरनजिकै भएकै कारणले पनि धेरैले एन आई सी एशियाको सेवा लिने गरेका छन् ।

अझ पछिल्लो समय सार्वजनिक भएको सर्वश्रेष्ठ बचत खातामा त एटिएमबाट पैसा निकाल्दा कुनै पनि पैसा नलाग्ने र त्यसमा पनि अन्य बैंकको एटिएमबाट पैसा निकाल्दासमेत अतिरिक्त पैसा नलाग्ने हुँदा ग्राहकहरु एनआईसी एशिया नै रोजिरहेका छन् । शहरमा सबैजसो नागरिकहरु एन आई सी एशियामा एउटा खाता चाहिँ हुनुपर्छ भन्ने तथ्यमा पुगेका छन् ।

अझ सेयर बजारमा लगानी गर्नेहरुका लागि त एन आई सी एशियाले डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क पनि निःशुल्क गरिदिएकाले ग्राहकका लागि यो बैंक फाइदाजनक हुँदै गर्दा ग्राहकहरु यो बैंकतर्फ आकर्षित भएका छन् । गाउँबस्तामा पनि एनआईसी एशिया बैंक धेरै ठाउँमा लिडर बन्न सफल भएको छ । केन्द्रीय तथ्यांक विभागकै जनगणनाको नतिजा हेर्ने हो भने पनि कतिपय ठाउँमा नागरिकको बसोबास धेरै कम छ । र सो कम जनसंख्या भएका ठाउँमध्ये कतिपय ठाउँमा एन आई सी एशियामात्र बैंक पुगेको छ । एन आई सी एशियाले विकट बस्तीदेखि सुगम ठाउँहरुमा पनि लिडर भएर ग्राहकहरुलाई सेवा सुविधा दिइरहेको छ ।

बढ्दो ग्राहक संख्या

यसो त सातै प्रदेशमा एन आई सी एशिया बैंकको ग्राहक संख्यादर दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने केन्द्रीय तथ्यांक विभागले जनगणना सुरु गरेदेखि आजको दिनसम्म आइपुग्दा पनि एनआईसी एशियाको ग्राहक उल्लेखनीय वृद्धि देखिएको छ । प्रदेश नम्बर १, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बैंकका ग्राहकहरुको वृद्धिको ग्राफ ठुलै छ । यसले पनि सक्रिय जनसंख्याको ठुलो हिस्सा अझै एन आई सी एशियाको ग्राहक बनिरहेको छ ।

अहिले धेरै नागरिकहरु बैंकिङ पहुँचमा पुग्ने क्रमसमेत जारी छ । ठुलो संख्यामा विद्यार्थीहरु सेयर बजारमा लागिरहेका छन्, जसका लागि पनि बैंक खाता खाल्ने क्रम जारी छ । एन आई सी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाताले दिएका सुविधाहरु हेरेर नयाँ ग्राहकहरु एन आई सी एशियातर्फ नै आकर्षित भएको देखिन्छ ।

डिजिटल बैंकिङ्गमा पनि अब्बल

एन आई सी एशिया बैंक लि.ले हाल डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिँदै आएको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको हो ।

बैंकले डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकाले आर्थिक वर्ष २०७८÷७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अगाडि बढिरहेको छ । डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकले दाबी गर्दै आएको छ । बैंकले नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसैबीच बैंकले हालै डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि एनआइसी एशिया मोबाइल बैंकिङ्ग एप, वेभसाइड, आइ सर्भिस तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

यससुविधा मार्फत यस बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआएसी एशिया मोबाइल बैंकिङ्ग एप, आइ सर्भिस, वेभसाइड तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

बैंकका सेवाहरू :

एनआईसी एशिया मोबैंक एप
अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दति निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरु सहज रुपले निःशुल्क लिन सक्नेछन ।

यसका साथै एनआईसी एशिया मोबैंकमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिन सकिनेछ । एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्र) को प्रयोग गर्न सक्नेछन् र एपमा रहेको ‘कस्टमर केयर’ बाट ग्राहकले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् । यस्तै एनआईसी एशिया बैँकको एनआईसी रेमिटमार्फत आएको रेमिट रकम बैँकको मोबाइल एप (एनआईसी एशिया मोबैंक)बाट सहजै बुझन सकिन्छ ।

आईसर्भ
यस https://iserve.nicasiabank.com/homeमार्फत मोबाइल बैंकिङ सेवाहरु (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरु (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरु (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरु (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई) ग्राहकले सरल तरिकाले लिन सक्नेछन् ।

वेबसाइट
बैंकको वेबसाइट https://www.nicasiabank.com/बाट ग्राहकले यस बैंकबारे अधिकतम जानकारीहरु लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटुर, ईएमआई क्यालकुलेटरलगायत बैंकका अन्य सेवासुविधाको जानकारीका साथै बैंकका पछिल्ला योजनाहरु, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरुबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

इन्टरनेट बैंकिङ
यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरु उपभोग गर्न सकिनेछ । बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरुमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल बैंकले ग्राहकको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मोबैंक, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ । बैंकले ल्याएको यस नवीन सुविधाले धेरैभन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।