रुसी सेनालाई जेलेन्स्कीको सन्देश : बाँच्ने इच्छा भए आत्मसपर्ण गर…

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकहरूलाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्। सोमवार राति टीभीमा गरेको एउटा सम्बोधनमा उनले रुसी सैनिकहरूले चेचन्या द्वन्द्वमा भन्दा युक्रेनमा ठूलो क्षति बेहोर्नुपरेको दाबी गरे।उनका अनुसार त्यसबाट रुसी सैनिकहरूले युद्धबाट केही उपलब्धि नहुने बुझिसकेका थिए।

‘मलाई थाहा छ तपाईँहरू बाँच्न चाहनुहुन्छ,’ उनले भने। आत्मसमर्पण गरे उनीहरूसँग मानवका रूपमा भद्र व्यवहार गरिने उनको भनाइ थियो।केही दिनअघि जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका थिए।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको दाबी गरेका थिए। तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताएका थिए।दुई देशबीच वार्तालाई निरन्तरता दिइने अपेक्षा छ। जेलेन्स्कीका अनुसार अहिलेसम्म वार्तामा राम्रो प्रगति भएको छ।

सम्बन्धित समाचार