काठमाडौं । रङहरूको पर्व फागु (होली) पर्व काठमाण्डौलगायत पहाडी जिल्लामा मनाइँदैछ । आज बिहानैदेखि उल्लासय ढङ्गले होली मनाइँदै छ । काठमाण्डौलगायतका सहरमा विदेशी पर्यटकहरूले पनि विभिन्न रङका साथ होली मनाइरहेका छन् ।एक आपसका मुखमा रङहरू दलेर होली पर्व मनाइने गरिन्छ । होली पर्वमा रङसहित पानी छ्याप्ने पनि गरिन्छ ।