सुत्नुअघि खानै नहुने खानेकुरा

रातमा सुत्नुभन्दा पहिले के खाने, के नखाने भन्ने थाहा पाएपछि यस कुराबाट स्वस्थ रहन सकिन्छ । रातमा सुत्नु भन्दा पहिले के खाने, के नखाने ठीक तरिका जान्नु अत्यन्त आवश्यक छ ।

सुत्नुभन्दा ३ घन्टा पहिले खाना खाने
सुतेको समयमा हाम्रो प्रतिरोधात्मक क्षमता बढिरहेको हुन्छ । यसै कारणले विहान उठेपछि हामी स्वस्थ र ताजा महशुस गर्छौं । तर ढिलोगरी खानु र डिनरको आधा–एक घण्टापछि नै सुत्नाले शरीर खाना पचाउने काममा व्यस्त हुन्छ । जसका कारण प्रतिरोधात्मक क्षमता बलियो हुन पाउँदैन । यसैले डाक्टरदेखि पोषणविद्सम्म खाने र सुत्ने समयबीच २–३ घन्टाको फरक पार्न सल्लाह दिन्छन् ।

मिठो खाने कुराले तपाईंलाई सुत्न दिँदैन
धेरै प्रशोधित चिनी भएका खानेकुराहरु रातिमा खानुहुँदैन । यसले शरीरलाई सक्रिय राख्छ, जसका कारण निद्रा चाडो आउँदैन । यसले स्लिपिङ पार्टनरलाई पनि डिस्टर्ब गर्नुका साथै शरीरलाई पनि नोक्सानी पुु¥याउछ ।

चीजबाट बनेको खानेकुराले तनावमा पार्छ
सुुत्नुभन्दा पहिले पिज्जा पार्टीको योजना गरिरहनुभएको छ भने अब यसबाट बच्नु जरुरी छ । यस्ता खानाहरु जसमा चीनको प्रयोग हुन्छ, त्यसलाई सुत्नु भन्दा पहिले नखानुहोस् । चीजमा अमिनो एसिड हुन्छ, जसले न्यूरोट्रान्समीटर रिलिज गर्छ ।

अम्लिय खाना पनि नखानुहोस्
रातको समयमा यदि सुन्तला खाने इच्छा छ भने आफ्नो मनलाई बिहानसम्म नियन्त्रण गर्नुहोस् । जुन खानेकुरामा एसिड हुन्छ, त्यसले रातको समयमा टाउकोमा जलन गराउछ र एसिडिटी हुन्छ । यो गहिरो निद्रामा असर पार्ने कारण बन्न सक्छ ।

रातमा कस्तो किसिमको खाना सबैभन्दा राम्रो ?
के खान हुन्न भन्ने थाहा पाएपछि के खानु पर्छ भन्ने पनि थाहा पाउनु जरुरी छ । सुत्नुभन्दा पहिले दाल, भात, रोटी र तरकारी जस्ता खानेकुरा खान सक्नु हुनेछ ।यी बस्तु खानाले कुनै समस्या आउँदैन । तरतपाईले यी खानेकुरामा पनि धेरै रिफाइन्ड, तेल, घिउ वा बटर जस्ता चीज प्रयोग गर्नु हुन्न । यस बाहेक दही पनि खान सक्नु हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार