विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

काठमाडौं । भारतको बिहारस्थित मधेपुरा जिल्लाको मुरलीगञ्ज थाना क्षेत्र र भागलपुरको विश्वविद्यालय थाना क्षेत्रअन्तर्गत साहेबगञ्जमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् । यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा पनि एक जनाको मृत्यु भएको खबर आए पनि यसको पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार मारकी सिंहको मृत्यु १८ मार्चको राति भएको थियो, त्यसपछि १९ मार्चमा दुई जनाको मृत्यु भएको थियो । मृतकका आफन्त उनीहरूको मृत्युबारे बोल्न मानिरहेका छैनन् । दर्जनौं बिरामीको गोप्य रूपमा निजी संस्थामा उपचार भइरहेको छ र मृत्यु भएकाको पनि गोप्य रूपमा दाहसंस्कार गरिएको बिबिसी हिन्दीले लेखेको छ ।

सम्बन्धित समाचार