तेस्रो विश्व युद्ध हुन सक्ने जेलेन्स्कीको चेतावनी

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुनस् दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले चेतावनी दिए ।

‘म पुटिनसँग वार्ताका लागि तयार छु । म दुई वर्षयता त्यसका लागि तयार नै थिएँ । मलाई लाग्छ, हामीले वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं,’ सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘सहमतिका लागि हामीले कुनै पनि ढाँचा अवलम्बन गर्न सक्छौं । यदि, यो असफल भए तेस्रो विश्वयुद्ध हुनेछ ।’
जेलेन्स्कीले युद्धको अन्त्य तथा युक्रेनको सुरक्षा सार्वभौमिकताको प्रत्याभूतिका लागि वार्ता मुख्य प्राथमिकता भएको बताएका छन् ।

सम्बन्धित समाचार