चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटियो

काठमाडौं । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ।खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ।

सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ। बुधबार बिहान वर्षासँगै दुर्घटनास्थलमा सानो पहिरो पनि खसेकाले खोजी कार्यमा जटिलता थपिएको थियो। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य अनिश्चित बनेको छ।

दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू५७३५ विमान दुर्घटनामा परेको थियो। उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्। अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्।

सम्बन्धित समाचार