पल शाहविरुद्धको मुद्दामा थुनछेक बहस जारी

नाबालिगमाथि बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरूद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भइरहेको छ।
जिल्ला अदालतमा श्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको हो । अभियुक्त शाहका पक्षबाट १० जना कानुन व्यवसायीले बहस गर्नेछन्।

बुधबार पीडितका तर्फबाट बहस भएको र बिहीबार पीडक पक्षका कानुन व्यवसायीले बहस गर्ने कुँवरले जानकारी दिए ।

पीडितका तर्फबाट बुधबार जिल्ला न्यायाधिवक्ता शर्मा, अधिवक्तारू मोहना अन्सारी, सरिता तिवारी, राधिका खतिवडालगायतले बहस गरेका थिए । बिहीबार पलका कानुन व्यवसायीले बहस गर्ने कार्यसूची छ ।

दुबै तर्फका कानुन व्यवसायीले बहस गरिसकेपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ । थुनछेक आदेशमा बलात्कार अभियुक्त शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने आदेश जिल्ला न्यायाधीश ढुङ्गानाले निर्णय गर्नेछन् ।

सम्बन्धित समाचार