संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा रुसी प्रस्ताव फेल, पायो एक मात्र भोट

युक्रेनमाथि आक्रमण गरेको एक महिना बित्दा रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव पनि फेल भएको छ।समाचार संस्था एपीका अनुसार बुधबार सुरक्षा परिषदमा रूसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो।

युक्रेनमाथि भइरहेको रूसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरिदिएका हुन्।रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको थियो।

भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए। १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ।

सम्बन्धित समाचार