गधाकाे दुधबाट बन्छ संसारकै महंगाे पनिर

संसारका हरेक मानिसको ‘फुड चेन’मा राम्रा,स्वादिष्ट र महँगा खाद्य पदार्थ रहेका छन् ।

यस क्रममा अति प्रचलित खाध्य पदार्थ पनीर पनि हो । अधिकांश मानिसले पनीरलाई बडो रुचिका साथ खाने गर्छन् ।
यति मात्र हो र !
घरमा कोही पाहुना आएको छ भने उसको आदर सत्कारका लागि पनीर कै तरकारी पकाउने प्रचलन समाजमा व्याप्त रहेको पाईन्छ । जस्तो कि तपाईंहरुलाई थाहा नै छ,

पनीर ‘एनिमल प्रोडक्ट’ हो । पनीर विभिन्न जनावरबाट प्राप्त हुने दुधबाट बनाइन्छ । गाई, भैंसी र बाख्राको दुधबाट बन्ने पनीरबारे तपाईंलाई थाहै होला । तर, के तपाईंलाई थाहा छ त रु सबैभन्दा महँगो पनीर कुन जनावरको दुधबाट तैयार हुन्छ भनेर र?

तपाईंहरुले एक अर्कालाई होच्याउने क्रममा, गाली गर्ने क्रममा, आफू भन्दा कमसल देखाउने क्रममा कति पटक गधा भनी आत्मरति लिनुभयो र?

शायद तपाईंसंग यसको गन्ती पनि नहोला, परी आए तपाईं आफ्नो छेउछाउमा रहेको व्यक्तिलाई पनि गधा भन्न कत्तिपनि पनि अप्ठेरो मान्नु हुन्न । सर्बियामा एउटा यस्तो फार्म हाउस छ जहाँ गधा मात्रै पालिन्छन् ।

जैसाविका नामक यस फार्म हाउसमा पोथी गधाको दुधबाट पनीर बनाउने काम गरिन्छ । फार्म हाउसका मालिक स्लोबोदान सिमिक बताछन् – मेरो फार्म हाउसमा २०० वटा पोथी गधा छन् । म यसको दुधबाट विभिन्न खाद्यपदार्थका साथै पनीर पनि बनाउछु ।

सर्बियाका यी गधा पालक स्लोबोदान आफूले बनाएको पनीरका कारण प्रसिद्ध हुनुका साथै मालामाल समेत भएको सुनाउँछन् । फार्म हाउसमा बनेको पनीर संसारभरि नै लोकप्रिय भएको छ ।

ठूलठुला खाद्य स्टोरमा उनले बनाएको पनीर बिक्री हुनेगर्छ । गधाको दुधबाट बनेको पनीरको बजार भाउ प्रति किलोग्राम १,२५००० हजार देखि १,६०००० रुपैया सम्म रहेको छ । यो विश्व कै सबैभन्दा महंगो मुल्यमा बिक्ने पनीर हो ।

स्लोबोदान सिमिक भन्छन्, पोथी गधाको दुध अति लाभकारी एवं पोषिलो हुन्छ, यसमा आमाकै दुधको जस्तो गुण रहेका हुन्छन ।

उनको दावी छ म भन्दा पहिला कसैले पनि गधाको दुध बाट पनीर बनाएको छैन उनी यस प्रोडक्ट माथी आफ्नो एकाधिकार रहेको दावी गछन् ।

उनका अनुसार पोथी गधाको दुधमा कैसीन प्रोटीन स्तर कम रहेकोले यस बाट पनीर बनाउन गाह्रो हुनेगर्छ ।सामान्यतया दुधमा २ किसिमका प्रोटीन हुन्छन कैसीन र ह्वे प्रोटीन ।

गधाको ’लो कैसीन प्रोटीन’ दुधबाट पनीर बनाउने आइडियाका क्रममा उनलाई यसको प्रविधि हात लाग्यो र गधाको दुधबाट पनीर बनाउने सफलता पाएको उनी सुनाउँछन् ।

पोथी गधाले दिने दुधको मात्रा अति कम हुन्छ । सामान्यतया गधाको पोथीले दिनमा एक लिटर दुध मात्रै दिने गर्छ ।

यस कारण उनले बनाउने पनीरको मात्रा अति कम रहेको हुन्छ । यस पनीरको उत्पादन कम भएकाले यसको मुल्य चर्को रहेको छ र चर्को मुल्यको बाबजुद पनि यसको लोकप्रियता बढ्दै गईरहेको छ ।

सम्बन्धित समाचार