रुसको केन्द्रिय बैंकमा साइबर आक्रमण भएको छ । ‘एनोनिमस’ नाम गरेको समूहले रुसको केन्द्रीय बैंक ह्याक गरेर हजारौं संवेदनशील कागजातहरू सार्वजनिक गर्ने धम्की दिएको हो ।
यससँगै उक्त समूहले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई पनि रुसमा आफ्नो सेवा बन्द गर्न भन्दै अन्यथा उनीहरूको कम्पनीको डेटा पनि ह्याक गर्ने चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा ‘विशेष सैन्य कारबाही’ सुरु गरेको एक महिना पुगेको छ ।
अझै पनि यो रोकिने कुनै सङ्केत देखिएको छैन । नेटो, युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूले यस विषयमा बोल्न चाहेका छैनन् । यद्यपि विभिन्न देशका ठूला(ठूला कम्पनीहरूले रुसमा आफ्नो सेवा बन्द गरेका छन् ।