के सिटामोलको मूल्य बढेको हो ?

सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

तर, सरकारको यो कदमको उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन् ।

‘मूल्य छु्ट्टै बढाउने भन्ने होइन । ५०० एमजीको जति छ, त्यसको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ हेरेर मूल्य तोकिने छ,’ विभागका प्रवक्ता सन्तोष केसीले भने । यसअघि करिब ५० वर्षदेखि सिटामोल ५०० एमजीमा उत्पादन हुँदै आएको थियो ।

औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार