कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा

कपाललाई झर्नबाट जोगाइ राख्नका लागि आफ्नो खानपानमा ध्यान दिनु जरुरी भएको छ । खानपानमा सुधार गर्ने हो भने कपाल झर्ने समस्या अन्त्य हुन्छ । त्यति मात्रै होइन कपाल पलाउन समेत थाल्छ । केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तीब्र गतिमा कपाल झर्ने गर्छ । पेस्ट्रीज र केकमा हुने मैदा र चिनीले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ । तारेका खानेकुरामा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल झर्ने गर्दछ । खानपान राम्रो बनाउनका लागि सन्तुलित खानेकुरा खानुपर्छ । जसबाट पर्याप्त मात्रामा न्युट्रिशन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । यसले स्वास्थ्य मात्र होइन कपाललाई पनि बलियो बनाउँछ ।

भिटामिन ए
भिटामिन ए कपालको लागि अत्यन्त आवश्यक तत्व हो । यसले कपाललाई मोइस्चर गर्नुका साथै कपाललाई बढ्न पनि मद्दत गर्छ । गाजर, दूध, टमाटर, शकरकंद, तरबुज, रातो खुर्सानी, अण्डा, माछा आदिमा भिटामिन ए पाउन सकिन्छ ।

भिटामिन बी
भिटामिन बी, बी१, बी२, बी३, बी५, बी७, बी९ र बी१२ पानीमा घुलनशील भिटामिन हो । यी भिटामिनहरुले अक्सिजनलाई कपालको जरासम्म पुर्याउँछ । जसले न्युट्रिसन प्राप्त हुन्छ । यसले कपालको पनि वृद्धि गर्छ । यो भिटामिन प्राप्त गर्नका लागि फलफूल, केरा, अण्डा, दूध, मासु, पत्तेदार सागसब्जी र होल ग्रेनहरुको सेवन धेरै गर्नुपर्छ ।

भिटामिन सी
भिटामिन सी पानीमा घुल्ने भिटामिन हो । यसले कपाललाई बलियो बनाउन मद्दत गर्छ । यसले कोलेजन बनाउन मद्दत गर्छ । भिटामिन सीयुक्त खानेकुराहरु जस्तैः कागती, सुन्तला, अमला आदिको सेवन गरेर भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

भिटामिन ई
भिटामिन ई कपालका लागि अत्यन्तै आवश्यक भिटामिन हो । भिटामिट ई पाइने खानेकुरा, मासु, अण्डा, फलफूल, सागसब्जी, बदाम आदि खानेकुरा खाने गर्नुपर्छ ।

प्रोटिन
कपाल बढ्नका लागि प्रोटिनको आवश्यकता धेरै हुन्छ । प्रोटिनको सेवनले कपाल रुखो हुने र झर्ने पनि समस्या हुँदैन । प्रोटिन अण्डा, मासु, पनीर, टोफू, बदाम, नट्स, दाल आदिमा पाइन्छ ।

आइरन
विशेषज्ञका अनुसार कपाल झर्नुको मुख्य कारण शरीरमा आइरनको कमी हुनु हो । त्यसले आइरनयुक्त खानेकुराको सेवनले कपाल झर्न रोक्न सकिन्छ । यसका लागि पालक, बिन्स, मटर र फलफूल खाने गर्नुपर्छ

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार