आँखाको डार्क सर्कल हटाउने उपाय

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । आँखामुनि कालो हुनुको कारण हामी निन्द्रा नपुग्यको बुज्ने गर्छौ तर विभिन्न भिटामिनहरुको कमिले गर्दा त्यस्तो दाग बस्ने गर्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिला आफू नराम्री नभएको महसुस गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्छ ।

कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ ।

अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’,उनी भन्छिन् । तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ । अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ ।

आइरनको कमी

शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ । आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन्। एनिमियापीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्राय देखिन्छ। आइरनका लागि पालुंगो, दाल, गेडागुडीलगायत खानुपर्छ ।
आँखामुनि कालो घेरा देखिनुको एक कारण भिटामिन ‘सी’को कमी पनि हो। भिटामिन ‘सी’ले छालालाई स्वस्थ राख्न मद्दत गर्छ। यसका लागि कागती, सुन्तलालगायत खान सकिन्छ।

भिटामिन ‘ए’को कमी

भिटामिन ‘ए’ ले छालामा एन्टी अक्सिडेन्टको काम गर्छ। छाला चाउरिनबाट जोगाउँछ। आँखामुनि देखापर्ने कालो घेराबाट राहत दिन्छ। गाजर, ब्रोकाउली, पेस्ता, आँप आदि भिटामिन ‘ए’ का स्रोत हुन्।

भिटामिन ‘के’को कमी

छालाका सुरक्षाका लागि भिटामिन ‘के’ को कमी हुन दिनु हुँदैन। यस भिटामिनको काम आँखामुनि कालो घेरा पर्न नदिनु हो। शरीरमा भिटामिन ‘के’ कम भयो भने आँखा वरिपरिको छाला निस्तेज देखिन्छ। यो भिटामिनका लागि खानामा हरियो सागपात, काउली, ब्रोकाउली, बन्दा, माछालगायत खानेकुरा खानुपर्छ।

भिटामिन ‘ई’को कमी

आँखामा पर्ने डार्क सर्कलका लागि भिटामिन ‘ई’ को कमी पनि जिम्मेवार छ। यस भिटामिनको कमीले छाला निष्प्राण देखिन्छ। छालालाई स्वस्थ र चम्किलो राख्न बदाम, एभोकाडो, किवी, जैतुन तेल, ट्राउट माछा खानुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार