देशभर २ हजार ६५५ नमूना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ३४२ नमूनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ६९६ जनाको पीसीआरका क्रममा ८ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार ९५९ जनाको एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ ।

यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि २१० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । देशभर हाल १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार