स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय शाहको मृत्यु

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका-१४ आमडाँडाको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति आमडाँडाको भित्री सडकखण्डमा ग २० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी सडकबाट ३० मिटर तल खस्दा सुनिल कुमार शाहको मृत्यु भएको हो ।

दुर्घटनामा परी भारत मोतीहारी घर भई हाल पुतलीबजार नगरपालिका-१ घुम्तीमा डेरा गरेर बस्ने ३५ वर्षीय शाह घाइते हुनु भएको थियो । घाइते शाहको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।