काठमाडौं । यातायात व्यवसायीहरुले वैज्ञानिक भाडादर लागू नगरे सार्वजनिक सवारी साधनको भाडा बृद्धि गर्ने चेतावनी दिएका छन् । तेलको मुल्य बृद्धि हुने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले वैज्ञानिक भाडादर लागू नगरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।
यातायात प्रालि बुटवलको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा आइतबार बुटवलमा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाई आफूहरुले दिएको अल्टिमेटम सकिएको र यही १५ गतेसम्म भाडा समायोजन नभएमा लुम्बिनी प्रदेशमा आफै भाडा तोक्न बाध्य हुने चेतावनी दिए ।
उनले अन्य केही प्रदेशका पनि यस्तै तयारी भइरहेको बताउँदै भाडादर समायोजनमा सरकारले ध्यान नदिएको आरोप लगाए । उनले कोभिडका कारणले दुई वर्षसम्म सवैभन्दा धेरै नोक्सान व्यहोरेको यातायात व्यवसायीहरु अहिले झन् तेल लगायतको मुल्य बढेको छ । त्यसैले सरकारले भाडा बृद्धि नगरे आफै गर्नै बाध्य हुने छौं ।’