काठमाडौंको टोखामा आगलागीबाट एक युवकको मृत्यु

काठमाडौंको टोखा नगरपालिका १० बानियाँटार हाइटमा आगलागीमा परी २१ वर्षीय युवकको ज्यान गएको छ।

खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका २ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगलागीबाट करिब १५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।