कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै

पछिल्लो २४ घण्टामा जम्मा २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कसैको पनि संक्रमणका कारण ज्यान नगएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय देशभर सक्रिय संक्रमित घट्दो क्रममा रहेका छन् । हाल देशभर संक्रिय संक्रमित १५५८ जनामा सीमित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार