के बोल्ने शैलीका आधारमा मान्छे चिन्न सकिन्छ ? के बोल्ने मानिस कस्ता हुन्छन्

मानवको शारीरीक अंग मध्ये मुखाकृतीबाट उत्पन्न हुने अभिव्यक्तिलाई बोली भनिन्छ । आफ्नो अभिव्यक्ति वा विचार प्रकट गर्न जीवन भोगिरहदा, यात्रा गरिरहदा, बाटो हिडिरहदा, हामी कयौँ मान्छेसँग भेट्छौ, भलाकुसारी गर्छौँ, आत्मीयता देखाउँछौ, आफ्नोपन बढाउछौँ । यस्तोमा धेरै मानिसहरु साथी बन्छन् । जीवनको वास्तविकता यस्तो हुन्छ कि केही मित्रताहरु क्षणिक समय टिक्छन्, केही मित्रताहरुले लामो समयसँग यात्रा गर्छन् ।

र, अर्को वास्तविकता यो पनि हो कि हामीले भेटेका र साथी भनिएका सबै मानिसहरु भरोसा योग्य हुदैनन् तर चिन्ने कसरी ? यसको सजिलो जवाफ छैन । कहिलै पनि पहिलो भेटमा नै सच्चा मित्र चिन्न सकिदैन । न त निधारमा नै असल खराब लेखेर छुट्याइदिएको हुन्छ । न त कुनै साङकेतिक अर्थमा पहिल्याइदिएको हुन्छ । त्यस अर्थमा पनि हामी मान्छे चिन्न सक्दैनौं ।

तर, मानिसका केहि बिशेषताहरुबारे थाहा पाउँन सकिन्छ । केहि भेटघाट र समय बिताए पछि मानिसको व्यवहार र सोचाइका बारेमा संकेतहरु हेरेर आफुले संगत गरेको मानिस भरोसायोग्य हो कि होइन भन्ने थाहा पाउँन सकिन्छ । कस्ता मानिसहरु भरोसा गर्न लायक छन् भन्ने थाहा पाउँन एउटा पुरानो कथा पनि उपयोगी हुन सक्छ

श्रृंगारिक वाणी

नरम, सौम्य, सरल, सहहृदय बोली भएका मानिस लोकप्रिय हुन्छन् भनेर शास्त्रले भनेको छ । यस्ता वाणी भएका महिला कुशल व्यक्तिको धनी र प्रभावशाली हुन्छन् । श्रृंगारिक वाणी भएका मानिस कला क्षेत्रमा जोडिदा राम्रो हुन्छ ।

कुरौटे बानी भएका संग संगत नगर्ने

यस्तो मानिस धेरै बोल्न रुचाउछन एताको कुरा उता लगाउँछन् । उताको कुरा यता गर्नमै उनीहरुले समय बर्बाद गरिरहेका हुन्छन् । धैर्यता गर्ने बानी यीनीहरु हुँदैन । यस्ता मानिस ध्रुत हुन्छन् र यीनीहरुसँग सधै सावधान रहनु पर्छ । कुरौटे मानिसमा गोपनियता हुदैन, नोक्सान मात्र पुर्याउँछन्, झगडामात्र पारिदिन्छन् ।

मिठो बोल्ने मानिस

विनम्रतासंग बोल्ने र बहस गर्नु पर्दा मीठो शब्द प्रयोग गरेर सबैको मन जितेका हुन्छन् । यो उनीहरुको खुबी पनि हो । मीठो बोलीको कारण मानिसहरुको मन जितेर सबैलाई बहसमा राख्न सक्छन् । अरुलाई हानी पनि गर्र्दनन् ।

अस्पष्ट बोली

मनमा एउटा र मुखमा अर्को कुरा हुन्छ त्यसैले गर्दा उनीहरु अड्कीएर बोल्छन् । यीनीहरुले भन्न अझ केही बाँकी छ जस्तो हामीलाई लागेको हुन्छ । जसले गर्दा हामीहरु झुक्किरहेका हुन्छौ । यस्ता मानिसको शब्दबाट पनि थाहा पाउनुपर्छ । विश्वास गर्नु हुदैन । यस्ता संग सर्तक रहनुपर्छ ।

प्रष्ट मानिस

जे हो त्यो बोलिदिने, जे बुझ्यो त्यो स्पस्ट बोलिहाल्ने मानिसको मन सफा हुन्छ । कोही रीसाउँछ कि भन्ने उसलाई हुँदैन । यीनीहरुको जीवन सुखी र सरल हुन्छ ।

गम्भीर स्वभाव

कुने पनि विषयको बारेमा गहिरो अध्ययन गरेर ज्ञान हासिल गरेर बोलेका हुन्छन् । बौद्धिकता र विचारशिलता यीनीहरुको विशषता नै हो । झट्ट हेर्दा कम रोमान्टिक देखिएता पनि बोद्धिकता यीनीहरुको खुबी भएकाले त्यही बौद्धिकताले गरेको निर्णय हुने भएकाले कहिल्यै फेल हुदैनन् र समाजमा सफल ठहरिन्छन् ।

चर्को बोल्ने

झुटलाई पनि सहि सावित गर्नलाई ठुलो स्वर गर्छन् । यीनीहरु जस्तोसुकै प्रवुति को काम गर्न पनि पछि पदैनन । नेतृत्व गर्ने व्यक्ति, उच्च पदमा बस्ने लाई यसले फल दिन्छ ।

मधुर वाणी

एउटै कुरामा रमाइराख्ने , सुस्त बोल्ने यीनीहरुले बोलेको कुरा बुझिदैन । मसिनो वा धिमा बानी भएका मानिसहरुको भन्न खोजेको विषय नै बझिदैन, कुलतमा फस्न सकने धेरै संम्भावना यीनीहरुमा हुन्छ ।

तर्कसंगत वाणी

आफ्नो कुराहरुलाई प्रस्टसंग वुझाउन सक्ने खुबी यीनीहरुमा हुनछ । अरुको कुरा पनि सजिलै बुझ्न सक्छन यीनीहरु संग संगत गर्नु राम्रो हो ।

तर्कहीन वाणी

बढी बोल्ने , अरुसंग फाइदा लिनको लागि नयाँ नयाँ ा साथी बनाउन खोज्छन् । कसैसंग लामो समय मित्रता टिक्दैन ।

तार्किक वाणी

विवेकशील मानिसहरु यसमा पर्दछन् । बहस र तर्क गर्न यीनीहरुलाई आनन्द लाग्छ । बुद्धिमान र चलाख हुन्छन स्मरण शक्ति बढि हुन्छ ।

विच्छेदित वाणी

बोल्दा पटक पटक पटक अड्कििने मानिस यसमा पर्दछन । चलाख धुर्त र हरेक समय सचेत हुन्छ ।

सम्बन्धित समाचार