शरीरमा दाद किन आउछ र कसरी निको गर्ने ?

गर्मि महिनाको आगमन संगैको बढ्दो तापक्रम र ह्युमिडीटिको कारणले हाल दादको समस्याले धेरै जना पिडित भएका छन् । प्रस्तुत लेखमा दाद किन के हुन्छ रु कति प्रकारको हुन्छ रु यसको उपचार कसरि गर्न सकिन्छ रु र यो बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा बताईएको छ ।

दाद भनेको के हो ?

दाद भनेको छालामा आउने एक प्रकारको रोग हो । यो कोईन जस्तो गोलो हुन्छ जसको बीचको भाग सामान्यतया खालि हुन्छ भने बाहिरको घेरामा केहि उठेको जस्तो रातो घेरा देखिन्छ जसमा सेतो स साना कत्ला हरु देखिन्छ । यो एकदम चिलाउने हुन्छ । (चित्र मा देख्न सकिन्छ) यसलाई अंग्रेजी भाषामा रींगवोर्म भनिन्छ भने मेडिकल भाषामा टिनिया इन्फेक्सन वा डरम्याटोफाईटोसिस भनिन्छ ।

दाद किन हुन्छ ?

दाद एक प्रकारको किटाणु ले हुने संक्रमण हो । धेरै प्रकारका किटाणुको बारेमा हामीले सुनेका छौ जस्तै ब्याक्टेरिया , भाइरस वा फंगस । दाद फंगस को संक्रमणले हुने रोग हो । यो रोग कुनै मानिसमा भएमा उसबाट सजिलै संग छोएर वा उसको लुगा हरु लगाएमा वा एउटा तौलिया वा साबुन धेरै जनाले प्रयोग गरेमा आउछ । तेस्तै धेरै पसिना आउने मान्छे अथवा कुनै दिर्घ रोगभएका मान्छे हरुलाई दाद धेरै आउछ जसमा शरिरको रोग संग लड्ने क्षमता कम हुन्छ ।

दाद कति प्रकारका हुन्छ ?

१. टिनिया क्यापाईटिस

टाउको मा हुने फंगस को संक्रमन लाइ टिनिया कर्पोरिस भनिन्छ । यसमा टाउको को कपाल झर्ने वा टाउको मा पाकेको जस्तो घाउ हरु आउने हुन्छ । यो बच्चा हरुमा धेरै आउछ ठुलो मान्छे हरुलाई खासै आउदैन । चित्र मा देख्न सकिन्छ ।

२. टिनिया फ़ेसिआइ

एस्तो प्रकारको दाद अनुहारमा आउछ । यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद अनुहार मा आउछ ।

३. टिनिया कर्पोरिस

यो सबभन्दा बढी देखिने दाद हो । यो जिउ मा हात मा तिघ्रा मा आउछ । यो अवस्थामा पनि गोलो अतिनै चिलाउने दाद जिउ मा आउछ ।

४. टिनिया क्रुरिस

एस्तो प्रकारको दाद काखीमा वा काप हरुमा जुन ठाउमा पसिना धेरै जम्मा हुन्छ तेस्तो ठाउमा आउछ । यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद आउछ ।

५. टिनिया पेडिस

एस्तो प्रकारको दाद खुट्टामा आउछ । यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद खुट्टा मा आउछ अथवा खुट्टा मा एलर्जी जस्तो कत्ला जस्तो देखिने घाउ वा पानि फोका जस्ता घाउ हरु देखिन्छ ।

६. ओनाइकोमाइकोसिस

यो नङ मा आउने एक प्रकारको दाद हो । एस्तो अवस्थामा नङ बाक्लो हुने पहेलो हुने सजिलै संग टुक्रिने जस्तो समस्या हरु आउछ ।

उपचार कसरि गर्ने ?

दादको उपचार रोगको अवस्था , कुन ठाउमा आएको हो , व्यक्तिको उमेर वा अन्य कुनै बिमारी भएको अवस्था अनुसार फरक हुन्छ । लगाउन को लागि ब्युटनाफिन वा लुलिकोनाजोल वा क्लत्रिमाजोल जस्तो औषधि हरु पाइन्छ्रजो दिन मा दुइ पटक बिहान बेलुका ४ देखि ६ हप्ता लगाउनु पर्ने हुन्छ । तेसैगरी खानको लागि टर्बिनाफिन २५० एम जी दिन मा एक चक्की वा इटराकोनाजोल १०० एम जी दिनमा दुइ पटक २ देखि ४ हप्ता सम्म खानु पर्छ । कृपया बिना चिकित्सक को सल्लाह औषधि सेवन नगर्नु होला ।

यो रोग बाट कसरि बच्न सकिन्छ ?

१. सरसफाई

हरेक दिन गर्मि मौसम मा दुइ पटक नुहाउने गर्नु पर्दछ । नुहाउन को लागि शावर जेल को प्रयोग गर्नु राम्रो हुन्छ साबुनको तुलनामा ।

२. लुगा

भित्रि लुगा , मोजा हरेक दिन चेन्ज गर्नु पर्दछ र एस्तो लुगाहरु कैले पनि चिसो लगाउनु हुदैन । बाहिर लगाउने सर्ट , पेन्ट हरु पनि राम्रो संग सुकेको र आइरन लगाएर लगाउनु राम्रो हुन्छ । आफ्नो लुगा अरु संग साट्ने बानि गर्नु हुदैन ।

३. नुहाएपछी जिउ सुखा हुने गरे पुस्ने गर्नु पर्दछ र काखी मा वा कास मा क्लटरिमाजोल पाउडर को प्रयोग गर्नु पर्छ ।

४. नंग काट्दा कुनै औला मा दाद आएको छ भने त्यो नंग काटे पछी नंगकट राम्रो संग स्पिरिट ले साफ गरेर मात्र अर्को नंग काट्नु पर्दछ ।

५. खानाले फंगस को बृद्दी मा फरक नपर्ने हुनाले दाद भयको मानिसले खाना बार्नु जरुरि छैन । तर स्वस्थ खाना र स्वस्थ जीवन यापनको जरुरि छ्र ।

६. बजारमा पाउने स्टेरोइड भयको औषधि कहिले पनि बिना चिकित्सकको सल्लाह खाने वा लाउने गर्ने हुदैन ।

७. चिकित्सकको सल्लाह अनुसार पुरै डोज को औषधि सेवन गर्नु पर्दछ निको भयो भनेर बिचमा औषधि छोड्नु हुदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार