पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर कस्तो छ ?

काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार