मुख्यमन्त्रीलाई बधाई दिँदै भीम रावलले भने ‘विधि पद्दति मिच्नेहरुले शिक्षा लिने कि ?’

नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन् । नेता रावलले मंगलबार सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टलाई बधाई दिँदै विधि पद्दति मिच्नेहरुलाई उनीबाट केही सिक्न सल्लाह दिएका छन् ।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ रावलले ट्वीट गर्दै भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि !’