कोरोना अपडेट: ५ हजार १ सय ५३ जनामा कोरोना पुष्टि, १०८ जनाको मृत्यु

नेपालमा मंगलबार थप ५ हजार १ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५ पिसिआर परिक्षणका क्रममा ३ हजार ८७० र ५ हजार ६ सय ११ एन्टीजेन परिक्षणका क्रममा १ हजार २ सय ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १०८ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ६ हजार ५ सय ७० संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख ४ हजार ५३० जना संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ वटा पिसिआर र ८१ हजार ४६३ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पिसिआर परिक्षणबाट ५ लाख ९५ हजार ३६४ र एन्टीजेन परिक्षणबाट १५ हजार ९४४ संक्रमित फेला परेका छन् ।