के तपाँई करेला खानु हुन्छ? यस्ता छन् करेलाका ११ फाइदाहरु जानी राखौँ

करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि , भिटामिन बी , भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । स्वास्थ्यमा यसले गर्ने फाइदा निम्न छन्:

१. श्वासप्रश्वास समस्यामा:
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ ।

२. लिभर टनिक:
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनैपर्ने हुन्छ ।

३. रोग प्रतिरोधक:
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

४. डण्डीफोरमा:
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
५. मधुमेह:
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

६.कब्जियतमा:
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।

७. छालाको समस्यामा:
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

८. मिर्गौला र ब्लाडर:
यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
९.मुटुको रोग:
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

१०. तौल घटाउन:
यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

११. छालाको समस्यामा:
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार