के तपाईको मुटु दुख्छ ? सावधान ! हुनसक्छ जटिल समस्या

मुटुको भल्व थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातीको बिच भागमा बेस्सरी मुटु दुख्ने हुन्छ ।

यस्तो अवस्थामा हिँडडुल गर्दा झनै दुख्ने हुन्छ । त्यस्तै शरीरमा रक्तसञ्चार कमी भयो भने पनि मुटु दुख्ने हुन्छ । एन्जाइना हनुलाई पनि मुटु दुख्ने एक कारण मान्न सकिन्छ ।

छाती गाह्रो भएको महसुस हुनु, छातीमा कसैले च्यापेको जस्तो लाग्नु, छाती पोल्ने छाती चिलाउनु लगायतका सबै लक्षण एन्जाइनामा पर्छन । जसको कारण मुटु दुख्न थाल्छ ।

जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । मुटुरोग प्राणघातक रोग हो र समयमै उचित उपचारनहुनु यसको जटिलताको प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले नै हुने गरेको तथ्यान्क छ । समय मै मुटुरोगको पहिचान गर्न सकिएमा , ब्यक्तिले उचित उपचा पाउने रोग लाई सजिलै सँग निको पार्ने र जटिल्ता बाट बच्ने सम्भावना प्रबल हुन्छ। र यसको लागि मुटुरोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ।

रोगले जटिल्ता ली सकेपछी उप्चार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले , लक्षणकै आधारमा रोगको शुरुवातमै पत्तालगाउनु पर्छ । अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ ।

यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

मुटुरोगका प्रमुख लक्षणहरु:

छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सक्नेछन् ।

मुटुरोग पत्ता लगाउने तरिका:

लक्षणलाई समीक्षा गर्नुअघि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन , मुधुमेह , उच्चरक्तचाप , उच्च कोलेस्ट्रोल , मोटोपना , अत्याधिक मदीरापान, मानसिक तनाव , वंशाणुगत ९परिवारमा मुटुरोग०, ४० वर्ष उमेर बढीका ९पुरुष० र ५० वर्ष उमेर बढीका ९महिला०आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ ।

एक भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको सम्भावना झन् बढीहुन्छ । रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

१ छाती दुख्नु:

छाती दुख्नु र पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी र करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ ।

खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय स् मुटुको नभएर मांसपेशीको दुखाइ ले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुभ्नु पर्छ ।

२. स्वाँस्वाँ हुनु:

स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ ।

प्राय: उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी र गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

३. मुटु ढुकढुक हुनु:

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिंड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।

तर मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय स् केही सेकेण्डका लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

४. खुट्टा सुन्निनु:

खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौलाको समस्या अथवा मुटुरोग प्रमुख हुन् । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्रायस् उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ । खुट्टा सुन्निएको संगसंगै स्वाँ.स्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच गर्नु जरुरी हुन्छ ।

५. बेहोश हुनु:

बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु र मस्तिष्क र मानसिक आदिकारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमा एकपटक एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त नजिकैको अस्पताल अथवा स्वास्थ्यकेन्द्रमा पुगेर उपचार गर्नु उचित हुन्छ ।

६. थकाई लाग्नु:

थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केही कारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), मुटुको ढुकढुकी सामान्यभन्दा बढी हुनु, जन्मजात रोगहरु अथवा बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार