मेलम्ची खोलाले कटान गरेर पोल ढाल्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं १० मा एक जनाको मृत्यु भएको छ ।
इन्द्रावती नदीमा आएको बाढीले ढालेको बिजुलीको पोल र तारबाट सोमबार बिहान करेन्ट लागेर मेलम्ची नगरपालिका वडा नम्बर ११ का धर्मराज दुलालको घटनास्थलमै मृत्यु भएको हो ।
शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे पोललाई इन्द्रावतीको बाढीले क्षति पुर्याएपछि करेन्ट सर्ट हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुलाल मेलम्ची बजारमा तरकारी पसल चलाउँदै आएका थिए। गत मंगलबार मेलम्चीमा आएको बाढीले उनको जग्गा पनि बगाएको छ।
उनी बाढीपीडितको उद्धार र राहतलगायत काममा व्यस्त रहेका थिए।














