कोरोना संक्रमितको मनोबल बढाउन आइसोलेसनमा योग सिकाउन थालिएको छ । पतञ्जली योग जिल्ला कार्यसमित सङ्खुवासभाको आयोजनामा हरेक दिन योगा सिकाउने गरेको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा जिल्ला अस्पतालको अस्थायी कोभिड आइसोलेसन वार्डमा कोरोना संक्रमितको मनोबल बढाउन पतञ्जली योगले हरेक दिन योग सिकाउने गरेको छ ।
योग मार्फत श्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक छितिज बरालले जानकारी दिए । कोरोना संक्रमित मात्रै होइन खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ पनि योग सिक्न तुम्लिङटारको आइसोलेसनमा पुग्ने गरेकी छन् ।














