के तपाईको गर्मी समयमा नाकबाट रगत बग्ने गर्छ ? यस्तो छ उपचार

धेरै जसो मानिसहरुलाई गर्मी मौसममा नाक बाट रगत बग्ने समस्या रहेको हुन्छ । ति मानिसहर यो समस्याबाट चिन्तित रहेका हुन्छन । नाकबाट रगत बग्नुमा धेरै कारणहरु हुने गर्दछ, जसमा एलर्जी, इन्फेक्सन,नाकलाई पटक-पटक कोट्याउनु बेसरी हाछ्यु गर्नु,धेरै माथि उचाइमा जानु जहाँ अक्सिजनको कमि हुनु र मौसम सुख्खा आदि कारणले नाकबाट रगत बग्ने समस्या आउने गर्दछ । अब यसको लागि चिन्ता लिनु पर्दैन किनभने यसको उपचार सजिलो छ ।

सबैभन्दा महत्वपुर्ण कुरा ध्यान दिनु पर्ने के छ भने तपाइले आफ्नो औलाको तिखो नंग बाट नाक भित्र चलाउनु हुदैन। गर्मिमा चुरोट खाने बानीले यस समस्यालाई बढाउछ, त्यसैले यो बानि सुधार्नु पर्ने हुन्छ । (सिरका) को केहि थोपा मुलायम सुतीको कपडामा हालेर नाक भित्र रगड्नु पर्छ, जसबाट तपाइको नाकको रगत सुख्छ र त्यसपछि रगत बग्न कम हुन्छ । हरियो सागपातहरु खाने गर्नु पर्दछ । यसमा भिटामिन के हुन्छ, जसले रगत रोक्ने काम गर्छ ।
भिटामिन सी युक्त खाना खानले पनि रगत सुरक्षित गर्दछ । बरफको केहि टुक्राहरु नाकको नजिक राख्दा दुखाई कम हुन्छ । नाक सुख्नु पनि एउटा ठुलो कारण हो । त्यसैले आवश्कता अनुसार शरीरमा पानीको मात्रा हुनुपर्छ, खासगरी गर्मियाममा पानिको मात्रा शरीरमा प्रयाप्त चाहिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार