भारतमा खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौैं । भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढेको छ । प्रतिसिलिन्डर २५० भारतीय रूपैयाँले ग्यासको मूल्य बढेको हो । तर, घरेलु प्रयोजनका सिलिन्डरको मूल्यमा भने कुनै थपघट गरिएको छैन । बढेको मूल्य १९ किलोवाला व्यापारिक सिलिन्डरमा मात्रै लागू हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अब व्यापारिक सिलिन्डर दिल्लीमा २५५३ भारूमा पाइनेछ । भारतमा पछिल्लो १० दिन लगातार बढेको पेट्रोल र डिजेलको मूल्यमा भने थपघट गरिएको छैन ।

सम्बन्धित समाचार