हाई हिल किन्दै हुनुहुन्छ ? यस्ता कुरामा विचार पुर्‍याउनुहोस्

हाई हिल किन्दै हुनुहुन्छ रु यि कुरामा विशेष ध्यान दिनुहोस् अधिकांश युवती हाई हिलका सौखिन हुन्छन् । विशेष ड्रेसअपका साथमा हाई हिल लगाएर विशेष समारोहमा फरक लुक्स दिने युवतीहरूको चाहना हुन्छ । हाई हिल किन्न जाादा विचार पुर्याउनुपर्ने केही कुराहरु :

गोडाको नाप

सामान्यजस्तो लाग्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । हाई हिल किन्नुअघि राम्रोसँग गोडाको नाप लिनुहोस् । यसअघि मिलेको स्यान्डिल नै ठीक हुन्छ भनेर हचुवामा नकिन्नुहोस् । उमेर अन्तर अनुसार पैतालाको आकारमा फेरबदल भएको हुनसक्छ ।

आरामदायी होस्:

हाई हिल लगाएर हिँड्नुहोस् र विचार गर्नुहोस् कि कस्तो महसुस भइरहेको छ ? पैतालामा स्यान्डिल कसिएको छ भने नसोच्नुहोस् केही दिन लगाएपछि हल्का खुलेर ठीक भइहाल्ला । अधिकांश स्यान्डिल लगाउँदै जाँदा नखुल्ने खालका हुन्छन् । बरु, एक साइज ठूलो हिल लिँदा नै उत्तम हुन्छ । खुकुलो महसुस भयो भने इनसोल प्रयोग गर्न सकिन्छ ।

किन्ने समय:

रिसर्चले नै देखाएका छन् कि बिहानको समयभन्दा अपरान्हपछिको समयमा पैतालाको साइज केही ठूलो हुन्छ । हिँडडुल तथा एक्सरसाइजपछि नसा र मसल्स सक्रिय हुँदा गोडाको साइज बिहानभन्दा केही ठूलो हुन्छ । त्यसैले बिहान साइज मिलाएर किनेको स्यान्डिल दिउँसो सानो हुनसक्छ । गोडामा धेरै कसिलो हाई हिलले त झनै पीडा दिने भएकाले दिउँसोको समयमा किन्नुहोला ।

कलर म्याचिङ:

हाई हिल किन्दा कलर म्याचिङ निकै महत्त्वपूर्ण पाटो हो । हाई हिल छान्दै गर्दा दिमागमा राख्न नभुल्नुहोस् कि कुन ड्रेससँग म्याच गराउन खोज्दै छु ? कमसेकम तीन सेट कपडासँग मिल्ने खालको हिल किन्नुहोस् । गोल्डेन र सिल्भर कलर सबैखाले ड्रेसअपमा म्याच हुन्छ । कलरफुल (ब्राइट कलर) ड्रेस लगाउनुहुन्छ भने ब्ल्याक स्यान्डिल सुहाउँदैन । हाई हिल लगाएर सुन्दर देखिने रहर गरेर मात्रै हुँदैन । अरूलाई हाई हिलमा सुन्दर देख्दैमा दुरुस्त फलो गर्ने गल्ती पनि नगर्नुहोस् ।

यसअघि कहिल्यै हिल लगाउनुभएको छैन भने एक्कासि हाई हिल नलगाउनु नै ठीक हुन्छ । हल्का हिल लगाएर बानी परेपछि मात्रै हाई हिल लगाउनुहोस् । नत्र, हाई हिलले तपाईंको सौन्दर्य झनै घटाउन सक्छ ।

सम्बन्धित समाचार