अन्डाको पहेँलो भाग कत्तिको फाइदाजनक ?

आवश्यकभन्दा धेरै खाए जे कुराले पनि असर गर्छ । कुखुराको अन्डाको सन्दर्भमा विभिन्न तर्क उठ्ने गरेको छ । अन्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले सकेसम्म नखानु नै उपयुक्त हुने अधिकांशको बुझाइ छ । तर, स्वस्थ मानव शरीरलाई अन्डामा हुने कोलेस्ट्रोलले कुनै असर गर्दैन । विज्ञहरूको अध्ययनअनुसार अन्डाको कोलेस्ट्रोलले शरीरमा नकारात्मक प्रभाव पार्दैन ।

दिनमा कति खाने ?

हरेक दिन जोकोही स्वस्थ व्यक्तिले तीन सय मिलिग्रामसम्म कोलेस्ट्रोल सेवन गर्न सक्छ । तीन सय मिलिग्राम कोलेस्ट्रोल प्राप्त गर्न एकदेखि डेढवटा अन्डा खानुपर्छ ।

कोलेस्ट्रोलको असर:

७० प्रतिशत मानिसमा कुखुराको अन्डाले कोलेस्ट्रोल बढाउँदैन । तर, ३० प्रतिशत जो तनावमा रहने व्यक्ति हुन्छन्, उनीहरूमा एलडिएल कोलेस्ट्रोल केही बढ्छ ।

अन्डाका फाइदा:

अन्डामा मानव शरीरलाई आवश्यक थुप्रै पोषण हुन्छन् । प्रोटिन, भिटामिन बी–१२, रिवोफ्लभिन र भिटामिन डी जस्ता महत्त्वपूर्ण तत्त्व पाइन्छन् । भिटामिन ए, भिटामिन बी–५, बी–२, बी–६, फस्फोरस, सेलेनियम, भिटामिन डी, भिटामिन ई, भिटामिन के, क्याल्सियम, जिन्क पाइन्छ ।

एउटा ठूलो अन्डाबाट ७७ क्यालोरी प्राप्त हुन्छ भने ६ ग्राम प्रोटिन र ५ ग्राम हेल्दी फ्याट मिल्छ । यस्ता तत्त्वले शरीर स्वस्थ राख्न सघाउ पुर्याउने अध्ययनमा संलग्न विज्ञहरू बताउँछन् । उनीहरूले मासु या कार्बोहाइड्रेटयुक्त खाना खानुभन्दा अन्डा खानु शरीरका लागि बढी फाइदाजनक हुने पनि निष्कर्ष निकालेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार