नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ६६ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ९१ र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा ९ सय ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ३४९ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप ३ हजार ४५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ वटा पिसिआर र १ लाख ९६ हजार ६९६ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।