काँक्रोका रोचक तथ्य र फाईदा

काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ ।

सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ ।

यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ ।

काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने भिटामिन ए, बि र सिले प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ ।

पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ ।

यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ ।

धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन् ।
रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ ।

मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ ।
यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ ।

काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो ।

यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ ।

यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ ।
यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ ।

यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार