पाकिस्तानको राष्ट्रियसभामा आज ठूलो हंगामा भएको छ । उपसभामुखले विदेशी षड्यन्त्र भएको आरोप लगाउँदै धारा ५ बमोजिमको प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरेका छन् । योसँगै राष्ट्रियसभा वैशाख २५ गतेसम्मका लागि स्थगित भएको छ ।
यसपछि इमरान खानले राष्ट्रियसभा भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । राष्ट्रको नाममा सम्बोधनमा उनले भने– ‘हामी न्यायका लागि जनतामाझ जानेछौँ । आगामी निर्वाचनको तयारी गर्न जनतालाई अपिल गर्दछौं ।’
यसअघि विपक्षी दलले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलले कैसरले निष्पक्ष काम नगरेको आरोप लगाएका छन् । यसैबीच राजधानी इस्लामावादमा पनि कर्फ्यू लगाइएको छ ।
अविश्वासको प्रस्तावमा मतदान गर्नुअघि नवाज शरीफमाथि आक्रमण
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफमाथि लण्डनमा आक्रमण भएको छ । अज्ञात व्यक्तिले नवाजलाई उनको कार्यालय अगाडि फोन फ्याँकेका थिए । जसका कारण उनका अंगरक्षक घाइते भएका छन् । नवाजकी छोरी मरियम नवाजले यस हमलाको लागि वर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)लाई दोष दिएकी छिन्।
हिंसाको धम्की
अविश्वासको प्रस्तावमा मतदान हुनुअघि इस्लामावादका सबै सुरक्षा निकायलाई अलर्टमा राखिएको थियो । संसद वरपर तीन हजार प्रहरी परिचालन गरिएको छ । यसका साथै रेन्जर्सलाई पनि तयारी अवस्थामा राखिएको छ । एकातिर राजधानीमा इमरान खानका समर्थकहरू भेला भइरहेका छन् भने अर्कोतर्फ विपक्षी पनि आफ्ना समर्थकसहित तयार छन् । अविश्वासको प्रस्तावमा मतदान हुनुअघि वा पछि दुवै पक्षका समर्थकले हिंसा फैलाउन सक्ने भन्दै गुप्तचर निकाय आशंकामा छन् ।
विपक्षी नेता पक्राउ पर्न सक्छन्
अविश्वासको प्रस्ताव अघि पाकिस्तानको राजनीतिमा केही ठूलो र खतरनाक हुने सम्भावना छ । प्रधानमन्त्री इमरान खानले आफुले ‘सन्डे सरप्राइज’ दिन लागेको स्पष्ट पारेका छन् । उनको यो कथित सरप्राइजको बारेमा केहि जानकारीहरु फिल्टर गर्दै बाहिर आइरहेका छन् । प्रतिवेदनलाई विश्वास गर्ने हो भने अब विपक्षी दलका सबै नेतालाई जुनसुकै बेला पक्राउ गर्न सकिन्छ । यसअघि उनीविरुद्ध देशद्रोहको मुद्दा चलाउने तयारी गरिएको थियो ।