आयात ठप्प पार्ने औषधि व्यवसायी संघको चेतावनी

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ ।सरकारले माग सुनुवाइ नगरेको भन्दै वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।

शनिबार बसेको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरिएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए । औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने माग रहेको श्रेष्ठले बताए।

‘आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्नपाउनु पर्छ भन्ने हो,’ श्रेष्ठले भने,’ सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचबिखन गर्न पाउनुपर्छ ।’

विभागले नविकरण गर्दा अनुसूची ७ जो छ कमिटेड प्राइस पेश गर्न लगाउने र त्यसको समायोजन नगर्ने असहज परिस्थिति सिर्जना गरेका उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार