अष्ट्रेलियाली राजदूत र प्रचण्डबीच भेटवार्ता

नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्क र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार बिहान भएको भेटका क्रममा प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे ।

सो अवसरमा उनले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् ।