सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत सोमबार सर्वोच्च अदालतले सात दिनभित्र संसद बैठक डाक्न परमादेश जारी गर्दै संसद पुनस्र्थापना गरेको थियो ।