महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्तम खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा २० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।