नेपालमा शनिबार थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८५८ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ३१० र ३ हजार २०८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप २१ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ५२७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार १६४ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म ३४ लाख ६३ हजार ५७ वटा पिसिआर र २ लाख ५९ हजार ८३१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।