प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन् । उक्त प्रस्ताव पेश भएपछि दलका प्रतिनिधिहरूले बोल्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीमा देउवालाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चालगायतका सांसदले विश्वासको प्रस्तावको पक्षमा मत दिने भएका छन् ।